१.जमिन तर्सियो
आज २०७२ साल बैशाख १२ गते l दिन पनि निकै उराठलाग्दो थियो l आमा गलैंचा कारखानामा काम गर्न जान लाग्नु भएको थियो l बुबा त विदेशमा जागिरको खोजीमा निस्केको नै एक साल भएको थियो l बुबाको केही अत्तोपत्तो थिएन l घरको आर्थिक अवस्थालाई चलाउनभनेरै निस्केका मेरा बाबुको केही खबर नआएपछि आमाले जिबिकोआर्जनकै लागि भनेर कारखानामा काम गर्न थाल्नु भएको थियो l गरिब परिवारमा जन्मेको मेरो भाइ धनीको जस्तै इच्छाआकाङ्क्षा राख्थ्यो l बिचरा ! उसले के नै बुज्थ्यो र घरकोआर्थिक अवस्था l
त्यसैले आमासँग डायरी किनिदिन भनेर आमालाई अल्झिाइरहेको थियो
lमचाहिँ आमा र भाइको गतिविधि हेरेर बसिरहेको थिएँ l हाम्रो सानो घर अँध्यारो
आकाशको बाछिटाले भिजिरहेको थियो जुनलाई ती विशाल आठ – नौ तल्ले घरहरुले
गिज्याइरहेका थिए l मानौं, आफ्नो उचाइ देखाएर घमन्ड गरिरहेका थिए l
तर भन्छन् नि –“घमन्ड छिट्टै सेलाउँछ l ”त्यसैले ती
भवनको घमन्ड पनि जमिनको कम्पनले चकनाचुर भयो l एक किसिमले त मलाई खुसी लाग्यो किनभने
अब ती ठुला भवनमा बस्ने र सानो घरमा बस्ने मान्छेको सान बराबर भयो l तर आफ्नो घरतिरै
हाम्फाल्न लाग्दा भने मलाई डर लाग्यो lआमाले त मलाई र भाइलाई अघिनै सुरक्षित
ठाउँमा पुर्याइसक्नु भएको रहेछ l आफ्नो सानो घर यसरी थिचिएर लडेको देख्दा भने मेरो
मनमा नदेखिने घाउको पिडा उब्जियो l ती ठुलाठुला भवन भएका मानिसले त फेरि घर ठडाउन
सक्लान् तर मेरी आमाले त के मेरो भावी सन्ततिले पनि त्योसानोघरबनाउन सक्लान् भन्ने
मलाई लागेको थिएन l
आमा र भाइलाई चाहिँ सुरक्षित पाउँदा भने म खुशी भएँ l भाइले आमासँग गरेको ज्ञिद्दी पनि मलाई ठिकै लाग्यो किनभने भाइले आमालाई अलझाइ नराखेको भए आमा पनि आज हामीसँग रहनुहुदैंन थियो होला l मलाई यस कुरामा खुशी लाएपनि आमाको त्यो अध्याँरो अनुहारले मलाई फेरि सोच्न तर्फ लगायो l सायद मेरी आमाको अनुहारमा घरका निकै आशावादी भविष्य जोडिएका थिए होलान्l आफ्नै अगाडि घर पुरिएको देख्दा आमाका आशा निराशामा परिवर्तन भयो l सायद उनले मनमनै प्रश्न गरेकी थिईन होला – “ अब दुइदुइटा बच्चालाई कता राख्ने? यति थोरै कमाइले कसरी घर जोड्ने ?”
त्यस घरसँग आमाको मात्रै होइन हाम्रा पनि अविस्मरणीय पलहरु जोडिएका थिए l मैले भाइ र मेरो दशैंको पैसाले कम्प्युटर किनेको थिएँ l तर के गर्नु चलाउन पाएको २-४ दिन नहुँदै त्यसरी पुरिएको देखेर मलाई हाम्रो घरमाथि बर्सिएका ती ठुला भवनका घरधनीसँग भने औधी रिस उठ्यो l त्यो सानो एक तल्ले घरले भुइँचालो आउँदा न त आफै ढल्त्यो न त अरु घरमाथि थपिन्थ्यो l तर यी घरले त हुने बेलासम्म पनि घाम छेकेर अरु साना घरलाई अँध्यारो पारे र भुइँचालो गएपछि पनि साना घरमा थपिएर कच्याककुचुक पारे l मेरा मनमा येही कुरा खेलिरहेका थिए जब आमाले भूकम्प सम्मिएपछि घरका बचेकुचेका सामान लिन जाने कुरा गर्नु भयो l आमाको कुरालाई म कसरी नकार्न सक्छु ? त्यसैले भूकम्प सम्मिएपछि आमासँगै घरतिर लागेँ l तर तेत्रो घर ढलेको थियो, हाम्रो त एक हात पनि चलेन l तेही कारणआमाले सुरक्षित ठाउँमा नै एक रात बिताउने निधो गर्नु भयो र नजिकैको पसलबाट बस्नको लागि सबै सामान किन्नु भयो l धन्नै आमासँग अलिकति पैसा रहेछ , सबै सामान किन्ने पैसा पुग्यो l भाइले“भोक लाग्यो?” भनेपछि मात्र मलाई भोक र प्यासको महसुश भयो l बचेकुचेको पैसाबाट आमाले खानेकुरा पनि किन्नु भयो l त्यो रात त खुला मैदानमा नै बित्यो l
...
2 Comments
Woww😍
ReplyDeleteMy body still shivers when I remember that day.
ReplyDelete