३. म एक कुम्भकर्ण
तर मलाई अहिले देशको भन्दा पनि आफ्नो चिन्ता छ l भन्छन् – पहिले आफू आफू बन , अनि देश आफै बन्ने छ l भूकम्प गएको दुई महिना भइसकेको थियो l सारा छिमेकीहरु आआफ्नो घर सरिसकेका थिए l हाम्रो घरमाथि लडेको घरका मानिस पनि अन्तै डेरा लिएर बसेका थिए l हाम्रो परिवार भने न यताको न उताको भएको थियो l आमा अलमल्ल हुनुहुन्थ्यो l हामीलाई डेरामा सर्न त पटक्कै मन थिएन किनकि मैले आफ्नै आँखाले चर्किएको घर टालिरहेको देखेको थिएँl चर्किएको घरमा आफू नबस्ने भएकाले टालेर कसैले थाहा नपाउने गरी रंग लगाएर नयाँ पारेको समाचार पनि सुनेको थिँए l
भूकम्प पीडितका लागि भनेर सरकारी तथा गैरसरकारी संस्थाले राहतको व्यवस्था गरेको थियो l आमा पनि तेही राहत वितरणमा आश गर्नु हुन्थ्यो l हरेक राहत वितरण कार्यक्रममा हामीलाई साथ लिएर जानु हुन्थ्यो तर खाली हात आउनुहुन्थ्यो l घर अलिकति पनि नचर्किएको मानिसले चाहिँ दिनैपिछे राहत भन्दै घरमा ओसारर्थ्यो तर हामीजस्ता बस्ने घरै भत्किएका भूकम्पपीडितको चाहिँ राहत वितरणमा नाम नै आउँदैन थियो l
आखिर सरकारले बाड्ने राहत पनि राजनीतिमा आधारित हुँदोरहेछ l तर जे भए पनि दुई लाख रूपैँया चाहिँ राहतको रुपमा पायौँ l हाम्रो घरमाथि ढलेका घरका मानिसले पनि क्षतिपुर्तिको रुपमा रकम दिए l आमाले जसरीतसरी घर बनाउनको लागि रकम जोड्नु भयो l
भूकम्पले कहिलेकाहीँ हल्लाइरहने भएकाले मलाई
राम्ररी निन्द्रा पर्दैनथ्यो l मलाई आफुले केही गर्न नसकेको देख्दा खिन्न लागेर
आउथ्यो l म आमाको दु:खलाई थाहा पाउँथे तर केही गर्न सक्दिनथे l म कुम्भकर्णजस्तै
भएको थिएँ जो जति कठिन परिस्थितिमा पनि सुतिरहन्छ l मलाई आँखा खोल्न गाह्रो भइरहेको
थियो र खुट्टा उठाएर टेक्नै साह्रो भैरहेको थियो किनभने मैले कुनै पनि अवस्थामा
सहयोग गरेको थिइनlमजस्ता युवाहरु देशको अवस्थालाई हेरेर बसिरहेका थिए l कसैले केही
गर्ने आँट गरेका थिएनन् l यसरी देशका लागि केही गर्न नसक्दा म संकटमा पर्दा पनि
मेरो गौरवको धरोहर जसले छिन्नु छ उसैले छिनोस् भनेरसुत्ने कुम्भकर्णलाई सम्झन्छु l
त्यसैले म एक किसिमले बर्षौ सुतेर पनि कहिल्यै नजाग्ने एक अन्यायी कुम्भकर्ण बन्न
पुगेको थिए l
…
0 Comments