भूकम्पको प्रभाव (कथा )-भाग ४

 ४. एक हातले ताली बज्दैन

आखिर हिमाल ऊ नै चढ्न सक्छ जसले मुटुले ढुंगा चपाउन सक्छ l सरकारले पनि थुप्रै राष्टिय र अन्तराष्टिय संस्थाबाट सहयोग पायो l एक हातले ताली बज्दैन, त्यसैले सरकारको सहयोगले मात्र नेपालका सम्पदाको संरक्षण हुन सक्दैन l यस कामका लागि सबै समाजले भूकम्पप्रतिरोधात्मक घरहरु बनाउन जरुरी छ lत्यसैले हाम्रो टोलले पनि त्यही अभियानमा लाग्ने कुरा गर्यो l



हुन त भ्यागुता उफ्रेर मात्रै शिखर पुग्न सक्दैन भनेर यस काममा बाधा पुर्याउने पनि कम थिएनन् l तर खाने मुखलाईजुँघाले छेक्दैन lअरुले जति बाधा पुर्याए पनि हाम्रो यस महायोज्ञलाई कसैले रोक्न सकेनन्l हाम्रो बस्ती त भुकम्पप्रतिरोधात्मक भइसकेको थियो तर घर टालेर नयाँ बनाउनेहरुकोले त फेरि घर भत्काउन मानेनन् lहाम्रो टोलमा परिवर्तन आएपनि नेपालमा चाहिँ परिवर्तन आउन सकेको छैन l


आज पनि काठमाडौँका खाली जमिनमा नयाँनयाँ घर बन्दै छन् l भूकम्प गएको दुई वर्षमै काठमाडौँमा घरहरु दोब्बर भइसके l मानिस जो पनि काठमाडौँमै बस्न मन पराउँछ l आखिर यहाँको जस्तो सुविधा मानिसले नेपालको कुनै कुनामा पनि पाउँदैन l यहाँशिक्षाको पनि राम्रो व्यवस्था छ l अरु जिल्लामा त बिरामी जाँच गर्ने डाक्टरको पनि  धरै कमीहुन्छ l सरकारले बाहिरी जिल्लामा गएर सरकारी काम गर्नेलाई थप तलब दिएपनि पारिवारिक जीवनलाई सुखी बनाउनका लागि कोही पनि जादैँनन् l त्यसैले त काठमाडौँको जनसंख्या डोल्पाको भन्दा बढी छ र गोरखामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पनि काठमाडौँलाई नै बढी चर्काएको छ l

मानिस जोकोही पनि काठमाडौँ आएपछि आफ्नो गाउँघर फर्कन खोज्दैन l आफ्नो गाउँ विकास गर्न सबै आफै लाग्नुपर्छ भन्ने कुरामा मेरो दुई मत छ l यसका निम्ति सरकारले पनि आफ्नोतर्फबाट पूर्ण प्रयास गर्नुपर्छ lअनि मात्र नेपाल र नेपालीहरु उन्नति हुन सक्छ l

यो भूकम्पले कयौँ नेपालीहरुको ज्यान त लिएको छ तर एउटा उज्यालो ज्योति पनि छोडेको छ l सायद भूकम्पको येही प्रभावले नै आज हामी यस नमुना बस्तीमा बस्न पाएका छौँl त्यसैले मेरो विचारमा भूकम्पले मानिसमा सकारात्मक प्रभाव पनि छोडेर गयो l अवश्य नेपालको आर्थिक अवस्था कमजोर भएको छ तापनि अब नेपालीहरु आफै यो कमजोर आर्थिक अवस्थालाई उठाउन अघि बढ्ने छन् र नयाँ इतिहास लेख्ने छन् जसको सुरुवात येही भूकम्पबाट हुनेछ l

समाप्त

Post a Comment

0 Comments